AArya
RUMPUM
animated ellipse animated ellipse

दिगो विकास इन्सिच्यूटद्वारा राहत सामाग्री वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ जेष्ठ २०७८, शनिबार १९:४१
396
Shares
विराटनगर / कोभिड –१९ को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको निषाधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्सिच्यूटले राहत वितरण गरेको छ ।

इन्सिच्यूटले विराटनगर महानगरपालिका वडा नं.८ का ४७ घर परिवार र वडा नं .१० का २६ घर परिवारलाई प्रति परिवार २५ किलो चामल, १ किलो मटर, १ किलो चना, १ किलो नुन, १ लिटर सूर्यमुखी तेल,५० ग्राम सोयाविन गरी जम्मा एक लाख सन्ताउन्न हजार छ सय असी बराबरको राहत सामग्री वितरण गरेको इन्सिच्यूटका कार्यक्रम निर्देशक अभिशेक श्रेष्ठ जानकारी दिए ।

कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार कोशी अस्पताल विराटनगरको कोरोना शाखामा पिपिए सेट १ सय थान, माक्स १ सय पिस वितरण गरेको बताए । निर्देशक श्रेष्ठ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोशी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट चुमनलाल दासलाई हस्तान्तरण गरे ।

विराटनगर महानगरपालिकालाई पिपिए सेट १० थान, १ सय पिस माक्स सामग्री समेत वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर