खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।
मन्त्रालयका अनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा छन् । ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। १ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भएका मन्त्रालयले जनाएको छ।