खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरका १जना रहेका छन् । प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ५३२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८ सय ७० संक्रमण मुक्त भएका छन् । १ सय ९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।