AArya
RUMPUM
animated ellipse animated ellipse

कर्तब्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७७, सोमबार १४:३१
117
Shares
विराटनगर/ कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी एक जना पक्राउ परेका छन् ।

बेलबारीका चन्द्रकुमार राईको हत्या मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । घटनामा संलग्न भइ हालसम्म फरार रहेका मोरङ ग्रामथान गाउँपालिका ४ मोतीपुरका ३८ वर्षिय ओमनारायण धामी आज पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई मोरङ बुढिगंगा गाउँपालिका –२ वाईपासरोडबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते ¥याङ फाइटमा परि उपचारको क्रममा राईको मृत्यु भएको थियो । मोरङ बेलबारी नगरपालिका ५ कसेनी लोहन्द्रा पुलमा सोही ठाउँका ३२ वर्षिय जितेन चौधरी, २५ वर्षिय दिनेश श्रेष्ठ, ३२ वर्षिय सन्तोष मगर र चन्द्रकुमार राई, सईकुमार राई, समुन्द्र राई, गौरव राईसँग सामान्य बादबिबाद हुँदा धारिलो हतियार खुकुरी प्रयोग गरी घाइते भएका चन्द्रबहादुरको मृत्यु भएको थियो । राईको मृत्यु भएपछि धामी फरार थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर