खबर पूर्वाञ्चल
इटहरी वडा नम्वर ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत बर्ष भन्दा वढि भौतिक निर्माण हुने वताएका हुन् । उनले ८५ करोडका योजना टेण्डर गरिसकिएको वताए । ४० भन्दा वढि वहुवर्षे योजना समेत टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार गत बर्ष सुरु भएको पाँच वटा वहुवर्षे सडक निर्माण भइसकेका छन् ।
प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका वावजुद पनि इटहरीमा विकासले गति लिएको जनाए । उनले नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने दोहोरयाए । उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने वताइन् । निर्माण कार्य भइरहदा जनस्तरवाट पनि खवरदारी हुनु पर्नेमा उनले जोड दियन् ।
वडाध्यक्ष वालकृष्ण विष्टले वडा नम्वर तीनमा भौतिक निर्माणको कार्यले गतिलिएको वताए । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्पप्रतिरोधी तथा अपांडतामैत्री वडाकार्यालय भवन निर्माण हुने वताए ।
भट्टराई परिवारद्धारा १ करोडको जग्गा प्रदान
