खबर पूर्वाञ्चल
भुटानी शरणार्थी शिविरमा सेक्टर डि. ४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय श्रीमान सेरबहादुर राईले ४९ बर्षीया श्रीमती बिष्णुमाया तामाङ राईलाई आज बिहान ५ बजे मादक पदार्थ सेवन गरी कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।