AArya
RUMPUM
animated ellipse animated ellipse

मिस एण्ड मिस्टर विराटनगरको अडिसन मंगलबारदेखि विराटनगरमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७७, आईतवार १७:०७
639
Shares
विराटनगर / मिस एण्ड मिस्टर विराटनगर हुने भएको छ । स्रष्टा नेपालको आयोजनामा विराटनगरमा उक्त प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि सो प्रतियोगिताको पहिलो अडिसन मंगलबार हुने जानकारी गराए । पहिलो अडिसनबाट छनौट भएका किशोर किशोरीहरू फाइनलको लागि छनौट हुनेछ ।

 

प्रतियोगिताको दोस्रो अडिसन फागुन ८ गते हुनेछ । दुवै अडिसन विराटनगरमा हुनेछ । प्रतियोगितामा १५ देखि २५ वर्ष उमेरका अबिवाहित युवा, युवातीहरूले भाग लिन पानेछन् ।

दुवै अडिसनबाट उत्कृष्टहरू फाइनलमा २५/२५ जना छनौट गरिने तयारी गरेको निर्देशक रोनक अग्रवालले जानकारी दिए । प्रतियोगिताको फाइनल चैतमा हुनेछ । बिजेता हुने मिस्टर र मिसले जनही ५१ हजार रुपैयाँको साथै विभिन्न गिप्mट ह्याम्पर प्राप्त गर्नेछन् । सो प्रतियोगिताको कारोरियोग्राफर पूर्वेली सुपर मोडलका बिजेता मोनिला लिम्बुले गर्नेछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर