AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध कारोबारमा संलग्न भारतीय महिलासहित चार जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०७७, शनिबार ११:४१
549
Shares
विराटनगर / प्रदेश १ को विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध संलग्न एक भारतीय महिला सहित चार जना पक्राउ परेका छन् ।

विराटनगर १५ स्थित सिमा एरियाबाट भारतीय महिला अररिया जोगवनी ४ की ४० बर्षीया लक्ष्मीदेवी साहलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो प्रोक्सीभोन ७ सय २० ट्याब्लेट र फेनारगन ६० एम्पुलसहित पक्राउ गरेको हो ।

यसै गरी झापा दमक ८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित मोरङ रतुवामाई २ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई ८ का २० बर्षीय राजकुमार गनगाई रहेका छन् । शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।

यसैगरी झापाको मेचीनगर ६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी २ का ३१ बर्षीय सुजन परियार लागुऔषधसहित पक्राउ परेका छन् । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषधसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर