AArya
RUMPUM
animated ellipse animated ellipse

संसद विघटन सम्वन्धी सर्वोच्च अदालतको फैसला स्विकार्य हुने– नेता डा.कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०७७, शनिबार १६:०९
351
Shares
विराटनगर  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला संसद विघटन सम्वन्धी सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारण सभा तथा असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटनः प्रतिगमनको सिलसिला विषयक गोष्ठीको आज विराटनगरमा उद्घाटन गर्दै उनले पार्टीले सर्वोच्च फैसला स्विकार्य गर्ने तर संसद पुनःस्थापनाको निर्णय आउने विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य डा.कोइरालाले संविधान निर्माणको क्रममा मुलुकमा राजनीतिक स्थिरताका लागि संसद विघटनको प्रावधान नराखेको स्मरण गराउँदै संसदले पार्टीहरुलाई नचिन्ने बताए । उनले ससद विघटनले मुलुक द्वन्दमा फस्दैछ गैरहेको छ भन्दै पुनःस्थापनाका लागि राजनीतिक दलहरुले गर्नु पर्ने आन्दोलन कम रहेको गुनासो समेत गरे ।

केन्द्रीय सदस्य डा.कोइरालाले राष्ट्रलाई हामीहरुले प्रमुख प्राथकितामा राख्नु पर्नेमा जोड दिदै संविधान ,लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनैतिक दहलहरुको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

नेपाल कम्यूनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व प्रदेश मन्त्री जीवन घिमिरेले संसद विघटन सम्वन्धमा पार्टीभन्दा माथि उठेर वोल्नु पर्छ भन्दै लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले वर्तमान अवस्थामा संसद विघटनका सम्वन्धमा सवै राजनीतिक दल विभाजित अवस्थामा रहेको चर्चा गर्दै गणतन्त्रको एव प्राप्त उपलव्धीको रक्षा गर्नु हामी सवैको कर्तव्य रहेको बताए ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तितोमिठो अनुभवको आधारमा संविधानमा संसद विघटनको प्रवधान नरहेको बताउँदै दलिय व्यवस्थामा विघटन निर्दलीय चरित्र भएको बताए ।

समाजको केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदस्य विकास थापा ,मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लवका अध्यक्ष विश्वनाथ रिजाज र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नेतर्फ राजनैतिक दलहरुको ठूलो जिम्मेवारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर