AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजमा वर्तमान भविस्यमा होटल अद्योगको सम्भावनाको बारेमा अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७७, मंगलवार १४:५६
657
Shares
विराटनगर / विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजले वर्तमान भविस्यमा होटल अद्योगको सम्भावनाको बारेमा एक दिने अभिमुखिकरण गरेको छ ।

कलेजमा आज  एक कार्यक्रमको आयोजना गरि वर्तमान भविस्यमा होटल अद्योगको सम्भावनाको बारेमा अभिमुखिकरण कार्यक्रम गरेको हो । अभिमुखिकरण कार्यक्रममा मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा, उदयपुर र धनकुटाका गरि १ सय २० जना प्लस टु दिएर बसेका विद्यार्थीहरु सहभागि रहेको कलेजले जनाएको छ ।

लविङ एण्ड डेभलोपमेन्ट मेरियट होटल काठमाण्डौका निर्देशक रुपेश श्रेष्ठले अभिमुखिकरण कार्यक्रमको सहजिकरण गरेका थिए ।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख भरत सापकोटा, कलेजका निर्देशकद्वय भेषराज पोखरेल र शेलेन्द्रराज सिवाकोटी, शम्भु माझी र मनोज राजवंशीले होटल मेनेजमेन्टको बारेका बताएका छन् ।

सोहि अवसरमा कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीहरुलागि प्रयोगशाला ल्याव र रेस्टुरेन्टसमेत कलेज व्यस्थापन समितिका अध्यक्ष गुणराज ढुंगेलले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर