AArya
RUMPUM
animated ellipse animated ellipse

लायन्सको रक्तदानमा ३२ पिन्ट रगत संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७७, बिहीबार २०:२२
117
Shares
विराटनगर/लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सुनसरी गढिगाउँपालिका २ मा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको कार्यक्रमको संयोजन तेज नारायण साहले जानकारी दिए । सिजि फुड ईन्डस्ट्रिजको सहयोग र रेडक्रस बिराटनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको क्लबका उपाध्यक्ष प्रमोद चौधरीले बताए ।

क्लबका अध्यक्ष हैदर अलीको अध्यक्षतामा भएको सो कार्यक्रमको कार्यक्रममा प्रमुख अथिति लायन्स अन्तर्राष्ट्रिय ३२५ ए वानका भाईस गभर्नर रेवतबहादुर कार्की थिए । कार्यक्रममा गढि गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, सिजि फुडका एजिएम किसोर कुमार साह, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, लियो अध्यक्ष कृष्ण दास लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर