AArya
RUMPUM
animated ellipse animated ellipse

साप्ताहिक हाटबजार खुलाउन माग राख्दै प्रर्दशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७७, सोमबार १९:४९
387
Shares
विराटनगर / विराटनगरको विभिन्न स्थानमा लाग्दै आएको साप्ताहिक हाटबजार खुलाउन माग राख्दै स्थानिय व्यापारी सडकमा आएर प्रर्दशनमा उत्रिएका छन् ।

कोरोना संक्रमणको कारण बन्द भएको विराटनगरको साप्ताहिक हाट बजार खुलाउन माग राख्दै सोमबार विराटनगर महानगरपालिका अगाडी भेला भइ विरोध प्रर्दशन गरेका हुन् ।

कोराना भाइर संक्रमण रोकथाम र नियन्त्रण गर्न गत चैतमा सरकारले लकडाउन सुरू गरेसँगै विराटनगरको आधा दर्जन ठाउँमा लाग्दै आएको साप्ताहिक हाटबजार बन्द छ । अहिले जनजीवन सामान्य अवस्थामा आइसकेको कारणले विराटनगरमा लाग्दै आएको साप्ताहिक हाटबजार खुलाउन माग गरेको विराटनगरको शनिहाटमा वर्षौदेखि सब्जीको व्यापार गर्दै आएका विराटनगर १९ का लक्ष्मी साहले बताइन् । ‘हाटबजारमा सब्जी विक्री गरि परिवारको गुजुरा चलाउँदै आएको थिए,’ उनले भनिन, ‘हाट बजारमा आएर व्यापार गर्न नसक्दा अहिले परिवार पाल्न मुस्किल भयो ।

महानगरपाकिाले व्यवस्थित गरेर भएपनि हाटबजार खोलिदिनुप¥यो ।’ लक्ष्मी जस्तै विराटनगरको साप्ताहिक हाटबजारमा व्यापार गरेर परिवार पाल्ने एक हजार भन्दा बढी रहेको विराटनगरमा चार दशकदेखि व्यापार गर्दै आएका लक्षमण साहले सुनाए । ‘विराटनगरको ६ वटा स्थानमा साप्ताहिक हाट बजार लाग्ने गरेको छ,’ चार दशकदेखि विराटनगरमा हटिया गएर व्यापार गर्दै आएका साहले भने, ‘यहाँको हटियामा व्यापार गरेर परिवार पाल्ने हजारौ छन् । अहिले बजार नुहदा चौपट भयो ।

परिवाल पाल्न गाह्रो छ ।’ परिवार पाल्न र छोराछोरीलाई पठनपाठन गराउन समस्या हुन थालेपछि सयौंको संख्यामा भेला भएका व्यापारीहरूले सोमबार विराटनगर महानगरपालिका र वडा कार्यालयहरुमा गएर साप्ताहिक हटियामा ब्यापार गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको विराटनगरमा हटियामा ब्यापार गर्दै आएका मनिष कुमार महासेठले बताए । ‘अहिले हामीले हटिया लाग्न माग राखेर ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने, ‘महानगरपालिकाले व्यवस्थित ठाउ देखाइदिएर व्यापार गर्न दिनुप¥यो । हैन भने यसरी हामीलाई उठिवास लगाउनु भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर