खबर पूर्वाञ्चल

केही दिन पहिले राससले सोही शीर्षकमा लेखेको समाचारमा दरैयास्थितका विपन्न एवं असहाय परिवारका विद्यार्थीहरु मात्र पठनपाठन गरिरहेका ती बालबालिहरुलाई न्यानो लुगाको अभावमा समस्या भएको विद्यालयका प्रधानाध्यापक नरहरि कोइरालाले जानकारी दिए ।

शिशु कक्षादेखि पाँच कक्षासम्म अध्ययनरत हुने विद्यालयमा विगतमा दिउँसो खाजाको व्यवस्था भए पनि हाल बन्द रहेकोले विद्यार्थीहरुको सङख्यामा केही कमी आएको शिक्षिका सावित्रा घिमिरेले बताए ।
विगत २७ वर्षदेखि अध्यापन गराउदै आएकी शिक्षिका घिमिरेले गरिबीको कारण उनीहरुलाई हातमुख जोड्नै समस्या हुने परिवारका विद्यार्थीहरुले आज न्यानो लुगा पाउँदा अनुहारमा खुशी देखिएको थियो ।
दैनिक मजदुरी गरी परिवार पाल्ने उक्त क्षेत्रमा कहिले काँही विद्यार्थीहरु भोकै विद्यालय आउनु पर्ने वाध्यता रहेकोले दिउँसो खाजाको व्यवस्था भएमा विद्यार्थीहरुलाई अध्ययनमा नियमित गराउन सकिने र विद्यालय छोड्ने कार्यलाई पनि नियन्त्रण गर्न सकिने प्रधानाध्यापक कोइरालाले बताए ।
युवा आलमको समूहलाई विद्यालय परिसरमा देख्दा निकै रोमाञ्चित एवं हर्षित भएका विद्यार्थीहरु लुगा , जुत्ता र टोपी पाएसँगै उनीहरु अत्याधिक रमाएका थिए । अभियन्ता आलमले हामी यस्तै समुदाय र उपेक्षित वर्गलाई सहयोग गर्न पाउँदा खुशी लागेको र यस विद्यालयमा निरन्तर निगरानी र सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
कक्षा दुईमा अध्ययनरत विद्यार्थी श्याम पासवानले अहिलेसम्म आफूले जुत्ता नलगाएको कुरा सुनाउँदा आफू ज्यादै दुःखित भएको अनुभूति भयो आलबले सनाए ।
विद्यार्थीहरुको अवस्था हेर्दा लुगा पनि सफा नदेखिएकोले कति समस्यामा रहेका छन् जोकोहीले पनि सजिलै अनुभूति गर्न सक्दछन् ।
पाँच कक्षामा अध्ययनरत छात्रा अञ्जली राजवंशीले स्विटर लगाउने चाहना भए पनि प्राप्त नभएकोले घरमा पनि यही लुगा र विद्यालय आउँदा पनि यही लुगा लगाइ रहदा हामीलाई समस्या भइरहने दुखेसो सनाइन् । आलम समूहले बन्दाबन्दीको समयमा रोजगार गुमाएका , असहाय, सडक मानव ,अपाङ्गलाई बिहान बेलुकी दैनिक खाना खुवाउने अभियान चलाएका थिए अहिले जाडोबाट बचाउन न्यानो लुगा वितरण अभियानमा जुटेका छन् ।
विद्यालयले स्वास्थ्य सुरक्षा अनपनाउंदै विद्यार्थीहरुलाई मास्क उपलव्ध गराउनका साथ सेनिटाइजर गर्ने गरेको छ ।