खबर पूर्वाञ्चल
मदिरा सेवन गरि प्रतिष्ठानको होस्टलको ढोका फोरेको आरोपमा विराटनगर – १७ का २६ वर्षिय रोशन यादव पक्राउ र उनका साथी सप्तरीको भारदह घर भएका २७ वर्षिय केशव यादवलाई पनि पक्राउ गरेको हो । मदिराको नशामा लठिएपछि आइतबार राती १० बजे होस्टलको ढोका र सिसाहरू फोरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘मदिरा सेवन गरेपछि मध्य राती होस्टलमा सुत्न आएका रहेछन,’ डिएसपी बस्नेतले भने, ‘मदिराको नशामा रहेका उनीहरूले होस्टलको सिसीहरू फोरेको जानकारी पाएपछि प्रहरी टोली पुगेर पक्राउ गरेको हो । ’ पक्राउ परेका रोशन एमबीबीएस अध्ययरत हुन् । केशव मिल्ने साथी हुन् । केशव मेडिकल क्षेत्रका विद्यार्थी होइन् ।
पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारको मुद्दामा सोमबार म्याद थप गरि अनुसन्धान सुरू गरेको डिएसपी बस्नेतले जानकारी दिए ।