खबर पूर्वाञ्चल





उनले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई समाप्त गर्न गरिएको संसद विघटनलाई कांग्रेसले स्वीकार नगर्ने र आन्दोलनकै भर लोकतन्त्रलाई स्थापित गर्ने बताए । उनले ओली सरकारले गलत कदम चालेको भन्दै तत्काल संसद विघटन गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।
नेता घिमिरेले ओली लोकतन्त्रको झड्केलो बाबु भएको बताए । उनले भने,‘ केपी ओली संघीय लोकतन्त्रको झड्केलो बाबु हो ।’ अरुले संघर्ष गरेर ल्याएको गण्तन्त्रको मायाँ उनलाई नभएको घिमिरेको भनाई छ । नेता घिमिरेले भने,‘ हामी गणतन्त्रका लागि आन्दोलन गर्दा उनी बयलगाढा चडेर अमेरिका पुगिदैन भन्थे ।’ बालि लगाएर खाने बेलामा ओलीले भाग खोसेको नेता घिमिरेको आरोप छ । दुई तिहाई सरकारले केही गर्ला भन्ने आशा गरेका जनतामाथि नेकपा सरकारले कुठाराघात गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि बद्नाम भएको नेता घिमिरेले बताए । राष्ट्रपति भण्डारीले पदको गरिमा कायम राख्न नसकेको उनले बताए । नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुले राष्ट्रपति भण्डारी पार्टीको कार्यकर्ता जस्तो भएको बताए । प्रधानमन्त्री ओलीले जे भन्यो त्यही मान्ने काम राष्ट्रपतिले गरेको लिम्वुले बताए । उनले लोकतन्त्रबादीलाई सचेत रहन आग्रह समेत गरे ।
नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मतपत्रबाट जन्मेको तानाशाही नेकपाले सत्ता चलाउन नसकेको बताए । ५ बर्ष पनि सरकार चलाउन नसकेर नालायकीपन देखाएको उनको भनाई छ । कार्कीले भने,‘ सरकारले जनतालाई कोरोनाको भ्याक्सिन दिने बेलामा इलेक्सन दियो ।’ राष्ट्रपतिले गैर जिम्मेवारी पन देखाएको कार्कीले बताए ।
यसैगरी ट्राफिक चोकमा राष्ट्रिय यूवा नेपाल मोरङ र अनरास्ववियू मोरङद्वारा आयोजित विरोध ¥याली एवं कोण सभामा वक्ताहरुले ससद विघटन गर्ने निणर्य फिर्ता लिनुपर्ने र, असंंवैधानिक कदम खारेज गर्नु पर्ने माग गरेका छन् ।
कोण सभामा विद्यार्थी नेता वसिम आलमले ओली गणतन्त्र विरोध भएको बताए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सच्चिन उनको आग्रह छ । नेता आलमले ओली हिटलर बन्न खोजेको समेत बताए ।
प्रधानमन्त्री ओलीले संसद विगठन गर्ने निर्णयको विवेकशिल साझा पार्टीले पनि विरोध गरेको छ । उसले विराटनगर ट्राफिक चोकमा प्रधानमन्त्री ओलीले गरेको कदमको विरोध जनाएको थियो ।