पूर्वाञ्चल खबर
मानव सेवा आश्रम विराटनगर–१० स्थितको भवनमा रहेका सहयोगापेक्षीहरुलाई आज विहानको भोजन गराउने क्रममा उनले विराटनगर–५ रहेका सहयोगापेक्षीहरुको बाँकी जीवन सहजयापन गराउन पाउँदा ज्यादै खुशी लागेको बताए । प्रमुख पराजुलीले अहिलेको समयमा कतिपयले आफ्नो बाबुआमालाई समेत सेवा नगरिरहेको अवस्थामा आश्रमले सडकबाट ल्याएका सहयोगापेक्षीलाई उचित स्याहार गरेकोमा प्रशंसा गरे ।
महानगर प्रमुखकी धर्मपत्नी रन्जिता पराजुलीले आगामी दिनमा आश्रममा बसोवास गर्नेहरुलाई स्वास्थ्य उपचारको उचित व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् । आश्रमका प्रमुख रामजी अधिकारी, सन्त कविर आश्रमका साहेव आर्दश दासले मानिसले आफ्नो जीवनमा गरेको सेवाको फल यही समयमा पाउने बताए ।
आश्रमको विराटनगर–१० स्थित भवनमा चार बालबालिका सहित ७७ बसोवास गरेका छन् ।
ं