खबर पूर्वाञ्चल
होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ ।
मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई,बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोडमा भद्रपुर र हल्दिबारीमा २–२, गौरीगञ्ज, कनकाई र गौरादहमा १–१, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २–२, हरिनगर र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उता संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १–१,सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७४ महिला र १०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९० हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।