AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ज्येष्ठ नागरिक भवनको शिलन्यास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७७, बुधबार १५:०९
378
Shares
विराटनगर / विराटनगर महानगरपालिका – ११ भद्रचौकस्थित ज्येष्ठ नागरिक सामुदायिक भवनको शिलन्यास भएको छ ।

आठ धुर क्षेत्रफलमा बन्ने दुई तलाको ज्येष्ठ नागरिक सामुदायिक भवनको आज एक कार्यक्रम आयोजना गरि शिलन्यास गरिएको हो । सो भवनको शिलन्यास विराटनगरका महानगरपालिका प्रमुख भीम पराजुली, उप्रमुख इन्दिरा कार्कीलगायतले संयुक्त रूपमा गरे । करिब १ करोड लागतमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको लागि स्थानिय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहाल दम्पतीले करिब ५० लाख मुल्य बरावरको जग्गा दान गरे ।

विराटनगर महानगरपालिको ३० लाख र बाँकी यहाँका स्थानियको सहयोगमा एक वर्षमा निर्माण सम्पन्न गर्ने तयारीको साथ शिलन्यास गरिएको विराटनगर १ं१ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार दुइ तलाको निर्माण हुने भवनको पहिलो तलामा ज्येष्ठ नागरिक बसोवास गर्ने सामुदायिक भवन र दोस्रो तलामा अध्ययन, अध्यापन गरिने पुस्तालय बन्नेछ । ‘पहिलो तलामा भन्ने सामुदायिक भवनमा ज्येष्ठ नागरिकहरू भेला भएर भजन, किर्तन र योगा पनि गर्न सजिलो हुने उद्देश्यले फराकिलो हल निर्माण हुनेछ,’ वडाअध्यक्ष न्यौपानेले भने, ‘त्यही अनुसार अहिले शिलन्यास भयो । अब निर्माण कार्य पनि सुरू भइहाल्नेछ ।’

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण बन्ने भएपछि यहाँका स्थानिय, सामाजसेवीहरूबाट स्वतस्पर्ध रूपमा १० लाख रुपैयाँ भन्दा बढी संकलन पनि भएको वडाअध्यक्ष न्यौपानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर