AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ३ सय ६८ जना कोरोना संक्रमित निको भए, थपिए १ सय ३५ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०७७, शनिबार १७:२३
414
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना कोरोना संक्रमित निको भए भने १ सय ३५ जनासंक्रमित थपिएका छन् ।

होमआईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पतालबाट ३ जना निको भएका हुन । हालसम्म निर्को हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ ।
मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमित थपिएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ ।

प्रदेश १ मा आज ४ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर