AArya
RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७७, बुधबार २०:१८
468
Shares
विराटनगर / प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ ।

शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताइन् । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम कोइरालाले प्रस्तुती गरे । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने छ ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा स्तरिय बन्ने बताए । जेष्ठनागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताए । उनले जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने मन्त्री घिमिरेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर