खबर पूर्वाञ्चल
मोरङ अदालतका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटिमा छोडन बिहीबार आदेश दिएका हुन् ।
सोनी विराटनगरस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का सञ्चालक हुन् । उनले अस्टे«लियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग साढे ३६ लाख रुपैयाँ गठी गरेको आरोप लागेको छ । मनिषका बावु कुलदिप चौधरीले ठगीमा जाहेरी दिएपछि उनी असोज १५ गते पक्राउ परेका थिए ।
मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार सोनी विरूद्ध मोरङ अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालयले सोनी विरूद्ध ३६ लाख ५० हजार रुपैयक्षा क्षतीपूर्ती सहित ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी राख्दै अदालतमा अभियोग दर्ता गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि आजदेखि थुनछेक बहस सकिएपछि आदेश आएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
काठमाण्डौं ‘इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबल’ को फ्रेन्चआईची लिएर प्रमोदले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूबाट अधिकतम शुल्क असुल्दै ठगी गर्दै आएको आरोप लागेको छ । मनिषका बावु कुलदिपसँग विभिन्न मितिमा सोनीले पटक–पटक गरि ३१ लाख रुपैयाँ लिएपछि अध्यनसँगै मासिक ३ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै २०७५ फागुन १९ गते अस्टे«लिया पठाएका थिए ।