AArya
RUMPUM
animated ellipse animated ellipse

धरानको वीपीमा कोरोना संक्रमित पुरुषको मृत्यु प्रदेश १ मा मृत्यु हुनेको संख्या ८१ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७७, सोमबार १०:२१
261
Shares
विराटनगर / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । यो सँगै प्रदेश १ मृत्यु हसनेको संख्या ८१ पुगेको छ । जस मध्ये १५ जना प्रदेश १ बाहिरको रहेका छन भने ६६ जना प्रदेश १ को रहेका छन् ।

धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको आज बिहान ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उपचारका लागि बीपीमै भर्ना गरिएका पुरुषमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा गत शुक्रबार कोरोनो संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई बीपीकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

मृतकमा मृगौला र उच्च रक्ताचाप सम्बन्धी पुरोनै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर