खबर पूर्वाञ्चल
जहदा गाउँपालका – ५ का ३८ वर्षिय अमरलाल महतोको आज चिया खाइरहेको अवस्थामा बसेको ठाउँबाट लडेपछि मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
स्थानिय मण्डलको चिया पसलमा अमरलाल र ६० वर्षिय झरीलाल ऋषिदेव चिया खादै बसेका थिए । एक्कासी चिया खाइरहेका अमरलाल बसेको ठाउँबाट लडेको स्थानिय बताउँछन् । लडेका महतोलाई स्थानियले उठाउँदा मृत्यु भएपछि स्थानियले प्रहरीले खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रंगेलीको टोली पुग्दा महतोको मृत्यु भइसकेको इप्रका रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । घटना मुचुल्का उठाएर प्रहरीले मृतकको शव पोष्माटम गर्न रंगेली अस्पताल लगिएको छ । यस घटना प्रहरीले अनुसन्धान पनि सुरु गरेको प्रहरीले जनाएको छ । मृतक महतो मदिरा सेवन गर्ने गरेको स्थानियले बताएका छ । चिया खानु अगाडी पनि मदिरा सेवन गरेका थिए ।
मृतकका भाई अशोकले इप्रका रंगेलीमा अनुसन्धान गर्न जाहेरी दिएको प्रहरीले जनाएको छ । ‘पोष्टमाटम रिर्पोट आएपछि सबै कुरा खुल्छ,’ इप्रका रंगेलीका प्रमुख प्रहरी निरीक्षक दाहालले भने, ‘यस घटनामा अनुसन्धान पनि भइरहेको छ ।’ चिया खादै गरेको महतो लडेपछि गालामा रगत पनि देखिएको छ । आधा चिया खाएपछि आधा भुईमा छोप्टिएको स्थानिय बताउँछन् ।