AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०७७, बिहीबार २१:४७
207
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिए । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधि मैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए ।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि संवन्धि अनलाईन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै मुख्यमन्त्री राईले भने, शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।’ डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्षभित्रमा प्रदेशबाट किताव र झोलामुक्त गरिने लक्ष्य अनुसार काम भईरहेको बताए । कोरोनाका कारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उनले बताए । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उनले किताव र झोला मुक्त प्रदेश चाँडै हुने दावी समेत गरे ।

पहिलो चरणमा ६ बटा स्थानीयतहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीयतहका ३ हजार शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उनले बताए । समाज प्रविधि प्रति आकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उनले भने,‘ विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ ।’ मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नु पर्ने समय आएको बताए ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले प्रविधि अनलाईन तालिमले शिक्षक सिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताए ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चाल नगर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुकालागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिममा इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर