AArya
RUMPUM
animated ellipse animated ellipse

खैरो हिरोईन ब्राउनसुगरसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०७७, बुधबार १३:४८
315
Shares
विर्तामोड / झापाको विर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर