खबर पूर्वाञ्चल
सप्तरी घर भई विराटनगर महानगरपालिका–१० निलसदन बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित वृद्धको आज साँझ सवा ५ बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत वृद्धको मृत्यु भएको लगभग १५ मिनेटपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि पुरूषलाई भदौ ३० गते अस्पताल भर्ना गरिएको थियो ।
कोरोनाको आशंकामा तत्काल आइसोलेसनमा भर्ना गरेर पीसीआर परीक्षणका लागि स्वाब विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । वृद्धमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या थियो ।