AArya
RUMPUM
animated ellipse animated ellipse

समाज र विश्वका विभिन्न पक्षलाई चिनाउन सामाजिक शिक्षा : राज्यमन्त्री गजमेर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०७७, आईतवार १९:१९
495
Shares
विराटनगर / प्रदेश नंं १ की सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले सामाजिक अध्ययन विषय समाज र विश्वको विभिन्न पक्ष अध्ययन गर्ने महत्पूर्ण शास्त्र भएकोले यस विषयको पाठ्यक्रमले निर्देशित गरेको उदेश्य पूरा हुनु पर्ने बताई ।

सामाजिक अध्ययन विषय शिक्षक समूह मोरङले भर्चुयल माध्यमबाट आज आयोजना गरिएको कार्यक्रममा बाल्दै राज्यमन्त्री गजमेरले यस्तो बताएकी हुन् । उनले बालकालिकाहरूलाई सानै उमेरदेखि समाज र विश्वमा भएको सामाजिक, राजनैतिक, आर्थिक साँस्कृतकि, भौगोलिक, ऐतिहासिकलगायतको गतिविधिहरुको बारेमा जानकारी गराउनु पर्नेमा जोड दिइन् । आजको कार्यक्रममबाट शिक्षकहरूले सिकेको कुराहरु कक्षामा विद्यार्थीहरूमाझ कार्यान्वयन गराउन राज्यमन्त्री गजमेरले बताइन् । विभिन्न विषयमा ज्ञान र जानकारी गराउन सामाजिक अध्ययन विषयको शिक्षा आज आवश्यक रहेको उनको भनाई थियो ।

यही वर्षदेखि कक्षा १ मा मेरो सेरोफेरो र ११ मा ‘सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा’ विषयको पठनपाठन सुरू हुने भएपछि शिक्षक समूहले भर्चुयल माध्यमबाट पाठ्यक्रम सम्वन्धमा प्रस्तुतिकरण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको सामाजिक अध्ययन विषय शिक्षक समूह मोरङका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

कक्षा ६ र ८ र कक्षा ९ र १० को पाठ्यक्रमको विषयमा समेत छलफल भएको सो कार्यक्रममा १ सय भन्दा बढी सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षक तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो । ‘सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा’ विषयमा थप गहन रूपमा छलफल गर्न चाँडै प्रदेश नम्बर १ स्तरीय यस्ता अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने समूहका अध्यक्ष श्रेष्ठको भनाई छ ।

सामाजिक अध्ययन समाज, काठमाडौको सहकार्यमा भएको उक्त कार्यक्रमको सहजिकरण विषय विज्ञ तथा पाठ्यपुस्तक लेखकहरू गोविन्द भण्डारी, डिल्ली शर्मा र माधव दाहाल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर