खबर पूर्वाञ्चल
क्रेटिभि युथ सोसाइटीमा आवद्ध भएका युवाहरूले खाद्यान्न संकलन गरि फुड बैंक सञ्चालनमा ल्याएको संयोजक सुरज कटुवालले जानकारी दिए । ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुहोस’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट आवश्यक परेको खाद्यान्य लिएर जान सक्ने संयोजक कटुवालले बताए ।
लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको कुटवालले बताए । फुड बैंकको उद्घाटन जेष्ठ नागरिक बालकृष्ण घिमिरेले गरे ।
फुड बैंकमा एक जनालाई अढाई केजी चामल, आधा लिटर तेल, एकपाउ दाल, सोयाबीन र नुन रााखिएको छ । फुड बैंकका लागि नेकपा विराटनगर महानगर कमिटिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीले २० क्विन्टल चामलसहित केहि खाद्यन्न संकलनमा सहजीकरण गरिदिएका छन् । यसैगरी निर्माण व्यवसायीहरुले, विद्यार्थी नेताहरु, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको समुहले समेत फुड बैंकमा योगदान गरेको बताइएको छ ।
युवाहरूले सुरु गरेको यस्तो अभियान आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा विराटनगरका अध्यक्ष थापाले बताए ।