AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ७ प्रहरीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ३४ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७७, सोमबार ०९:४९
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा सात प्रहरी कर्मचारीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भऐसँगै महानगरपालिकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरका सात प्रहरी कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४, २५, ३३, ३५, ३७, ४१, र ४२ वर्ष उमेर समूहका संक्रमित प्रहरीको ठेगाना प्रदेश १ प्रहरी कार्यालय रहेको बताइएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका ७ का ४ जना र विराटनगर ६ का १ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

महानगरपालिकाले संकलन गरेको स्वाबबाट विराटनगर ७ की ३० र ३६ वर्षीया महिला रहेका छन्।

त्यसैगरि सोही वडाका २५ र ४५ वर्षका उमेरका पुरुष पनि संक्रमित रहेका छन् । वडा नम्बर ६ का संक्रमित २४ वर्षीय पुरुष हुन् ।

कोशी अस्पतालमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये एक जना टंकिशिनवारीका रहेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए । लकडाउन खुला गरेपछिको अवस्थामा महानगरमा संक्रमित संख्या ७० जना पुग्दा ४१ जनाको ट्राभल हिष्ट्री नभएको महानगरको भनाई छ।

त्यसैगरि, झापा विर्तामोड ६ की ५८ वर्षीया महिला र टंकीसिनुवारी मोरंगबाट २५ वर्षीया महिला संक्रमित भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर