animated ellipse animated ellipse

प्रतिष्ठानद्धारा स्वास्थ्यकर्मी र नगर प्रहरीलाई पिपिइ वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ असार २०७७, सोमबार २०:०६
3
Shares
विराटनगर / कोभिड–१९ को संक्रमणबाट बच्न स्वास्थ्यकर्मी र नगर प्रहरीलाई मात्रीकाप्रसाद कोइराला स्मृति प्रष्ठिानले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) सहितका सामाग्री वितरण गरेको छ ।

प्रष्ठिनाले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि –१९ उपचार केन्द्रमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा बसेका नगर प्रहरीलाई पिपिइ सहितको सामाग्रि सोमबार वितरण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रिचा कोइरालाको सहयोगमा स्वास्थ्यकर्मी र नगर रक्षकहरूलाई पिपिइ वितरण गरेको हो । उक्त सामाग्री चलचित्र निर्देशक केशव रायमाझीले स्वास्थ्यकर्मी र सुरक्षामा खटिने नगर प्रहरीलाई पीपीइ हस्तान्तरण गरे ।

प्रष्ठिानले सहयोग गरेको पीपीइ सामाग्रीहरू विराटनगरस्थित कोशी अस्पताल, अतिथि सदन, कालिमन्दिर, मारवडी सेवा सदनमा खटिने नगर प्रहरीहरूलाई पीपीइ वितरण गरेका थिए । कोभिड–१९ को संकास्पद बिरामीको परीक्षणका लागि अग्रपंतिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको उनले बताए ।

आउँदा दिनमा पनि स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने समाग्रीहरू प्रष्ठिनाले वितरण गर्दै जाने अध्यक्ष कोइरालाले बताइन् । सिंगपुर रेड क्रासकी नेपाल प्रतिनिधी कल्पना छेत्री, प्रारम्भ नेपालका निर्देशक बदरीराज तिमिलसेना, गयीका आनी छोइङ डोल्माका पहलमा उक्त पीपीइ प्रतिष्ठनालाई उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर