खबर पूर्वाञ्चल
विराटनगर आँखा अस्पतालमा उपचाररत उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी अध्यक्ष रहेको क्लबले २५ हजार रुपैयाँ उपचारका लागि सहयोग गरेको हो ।
बैशाख १२ गते साँझमा बारीमा काम गर्दैगर्दा उनको दायाँ आँखामा ढुंगाले लागेर चोट लागेको थियो । आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई क्लबका सचिव काशी पराजुली र कोषाध्यक्ष दिपेन थापाले अस्पताल पुगेर रकम हस्तान्तरण गरेका हुन् ।
लकडाउनका कारण समस्या भएपछि समीक्षालाई बैशाख १३ गते उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो । ५ दिन घोपामा राखेर उपचारपछि आँखामा गम्भिर समस्या भएपछि हिजो मात्र विराटनगर ल्याइएको समिक्षाकी प्रशिक्षक भगवती राना मगरले जानकारी दिइन् । उनका अनुसार समीक्षाको आँखाभित्र ढुङ्गाको कण पसेका कारण इन्फेसक्सन कम गर्ने औषधि प्रयोग भइरहेको छ । ‘डाक्टरहरूले शल्यक्रिया हुनुभन्दा अघि समीक्षालाई उच्च एन्टिबायोटिक खुराक दिन थालेका छन् ।
शल्यक्रियाको लागि केही दिन पर्खनेछ’ प्रशिक्षक रानाले भनिन् । यस्तै, अखिल नेपाल फुटबल संघले समेत समीक्षालाई २५ हजार सहयोग प्रदान गरेको छ । एन्फाका सहायक महासचिव वसन्त अर्यालले समीक्षाको परिवारलाई नगद प्रदान गरेका हुन् । उनको उपचारका लागि एन्फाले थप सहयोगसमेत गर्ने भएको छ ।
सांग्रिला क्लबका सचिव काशीराज पराजुली राम्रो सम्भावंना बोकेकी प्रतिभावान खेलाडी समिक्षाको आँखाको ज्योति गुम्नुमा लापरवाहीको नमूना भएको बताउँछन् । ‘समयमा नै आँखाको उपचार भएको भए यो अबस्था आउने थिएन ।’ पराजुलीले भने ।