लकडाउनमा फ्री गुजु क्लास अपरिहार्य

खबर पूर्वाञ्चल, १३ बैशाख २०७७, शनिबार १९:११
गोविन्द निरौला

गोविन्द निरौला
कोरोनको संक्रमित संख्या दिनानुदिन बढ्दै गइरहेको छ । लक डाउन त्यो पनि शिक्षामा कहिले सम्म भन्ने अनुत्तरित छ । सहरका बालबच्चाहरुलाई बाहिर पठाउदा कोरोना लाग्छ भनेर अभिभावकले कोठामा थुन्नालाई सजिलो उपायको रुपमा मोबाइल र टिभी दिदा उनीहरु एडिक्टेड नै भइसके ।

खान खादा होस् वा खाजा, मोबाइलमा कार्टुन वा युटुब भिडियो नलगाई खुवाउन सक्ने स्थिति छैन् । अभिभावकलगायत शिक्षामा सरोकार राख्ने सबै चिन्तामा छन् । कतिपय अग्रगामि बिश्वबिद्यालय र विद्यालयले त अनलाइन कक्षा थालिसके, कतिपय बिद्यालयले सरकारको निर्देशन पर्खिएर बसिरहेका होलान तर अधिकांस त के गर्ने भनेर नजानेर अन्योलमा नै दिन बितिरहेको हुन सक्लान भनेर मैले पैसा पनि नलाग्ने कक्षा पनि कक्षा कोठा जस्तै लाइभ हुने गुजु तरिकाको बारेमा हाम्रो अनुभव, यसका चुनौती र त्यसलाई समाधान गर्ने व्यबारिक तरिका को बारेमा लेख्न गइरहेको छु र

गुजु क्लास के हो?
“गुजु क्लास” हामी मध्ये धेरैलाई थाहा भएकै गूगल र जूम मिलेर बनेको क्लास गुजु क्लास हो र यसमा “जूम” एप लाइभ क्लासको लागि प्रयोग गरिन्छ भने गृहकार्य लगायत अन्य स्व–अध्ययनका लागि अडियो, भिडियो र टेक्स्ट सवैखालका सामाग्री अपलोड गर्न गूगल क्लासको प्रयोग गर्न सकिन्छ र जूम कसरि सेट गर्ने र गूगल क्लास कसरि चलाउने भनी भंने कुरो त सबै शिक्षकहरुलाइ जानकारी नै छ होला भनेर अथवा युटुब ट्युटोरियल हेर्दा सबैले सजिलै सिक्न सकिन्छ भनेर र अब गुजु चलाउन हामीलाई इन्टरनेट र डिभाइसको आवश्यकता पर्दछ । एन टि ए सन् २०२० मार्चको रिपोर्टलाई लिँदा नेपालमा मोबाइल सिम कार्ड ४,३०,६०,६८० थान जारी भएका छन् । जुन नेपालको जनसंख्याको लगभग १४५.९० ५ हो भने ब्रोड ब्याण्ड लिएर इन्टरनेट प्रयोग गर्ने जनसंख्या ७२.१६५ छन् । सहर बजार त्यो पनि महानगरको कुरा गर्ने हो भने लगभग ९५५ भन्दामाथि जनसंख्याले मोबाइल र इन्टरनेट चलाउछन् । अधिकांसले समाचार सम्प्रेसन र मनोरञ्जनको लागिमात्र इन्टरनेट चलाउने गरेकोमा अब हामीले सीप विकास र सिकाइमा प्रयोग गर्नु पर्दछ । अबको हाम्रो बिषय गुजुलाई सिकाइमा प्रयोग गर्दा कस्ता कस्ता चुनौती आउछन । ति चुनौतीको समाधान कसरी गर्न सकिन्छ भन्ने हो ।

गुजु बिद्यालयमा लागु गर्नु भन्दा पहिला गूगल सर्वे गर्ने र त्यसमा परिवारको संख्या, अनुमानित बार्षिक आम्दामी, स्कूल जाने उमेर समुहको नानीहरुको विवरण, अभिभावकको इमेल एड्रेस, फोन नम्बर, वाई फाई वा डाटाबाट चलाउने र घरमा भएको मोबाइल,ल्यापटप, ट्याब्लेट आदिको विवरण लिने रअब यहाबाट के के समस्या आउन सक्दछ भनेर सजिलै अनुमान गर्न सकिन्छ जस्तै( इन्टरनेटको समस्या, डिभाइसको समस्या, चलाउने सिपको समस्या, लाइभ पढाउने शिक्षकको समस्या, चकचके बिद्यार्थीको समस्या, होमवोर्क चेक गर्ने समस्या आदि र अब यी समस्याहरुको समाधानका उपायहरु खोजौर

१.इन्टरनेटको समस्या( पहाडको कुना कन्दरा जहाँ इन्टरनेट को पहुच छैन त्यहाँ बाहिरका मान्छेहरुको धेरै आवतजावत पनि हुदैन, भयो भने पनि, को नयाँ मान्छे आयो र को गयो भन्ने स्थानीयले तुरुन्त रिपोर्ट गर्न सक्छन र यस्तो ठाउँमा स्थानीय सरकारले छिटै विद्यालय संचालनमा ल्याउन पर्दछ र त्यहा पुरानो पुस्तकहरुलाई जम्मा गरेर वा शिक्षकले विद्यार्थीलाई पी डी एफ उपलब्ध गराएर वा नोट दिएर कक्षा सुचारु गर्न सक्दछ । शहर बजार जहाँ आवागमनले संक्रमणको डर छ, त्यहाँ अझै केहि दिन वा महिना बिद्यालय खुल्ने अनिश्चित छ र यस्तो ठाउँमा आफ्नो घरमा छैन भने छिमेकीको वाई फाई शेयर गर्ने वा सित्तैमा माग्ने, त्यो पनि छैन भने मोबाइल डाटाबाट चलाउने, त्यो पनि महँगो भयो भने मोबाइल हटस्पोटबाट शेयर गर्ने जस्तै( एक घन्टाको डाटा लिँदा रु २० देखि २५ मा अनलिमिटेड प्याक पाइन्छ । त्यसमा तीन वटा मोबाइलसम्म शेयर गर्न सकिन्छ । तीनवटा मोबाइलमा ६ जना विद्यार्थीले पढ्न सक्छन । अब यसो गर्दा घन्टाको रु ५ र सो भन्दा कममा पढ्न सकियो र तीन घण्टा पढ्दा जम्मा १५ पर्यो र यसलाई २५ दिनले गुन्दा जम्मा ३७५ पर्यो जुन तपाइले गाडी भाडा तिरेको आधा पैसा होला र यसरी इन्टरनेटको समस्या समाधान हुन्छ ।

२.डिभाइसको समस्या ( माथिको सुर्भेबाट कस्कोमा कतिवटा डिभाइस छ भनेर थाहा भइसक्योर सामान्यतया एउटा घरमा २ देखि ३ जना स्कूल जाने उमेरका बच्चा हुन्छन र तिनीहरुको उमेरको फरक कम्तिमा ३ बर्ष हुन्छ र अब स्कूलले अनलाइन रुटिन बनाउँदा, तीन–तीन कक्षाको फरक राखेर बनाउने र दिनमा ३ देखि ४ वटा कक्षा ४० मिनेटको दरले पढाउने गर्दा एउटा मात्र डिभाइस भए पनि समस्या हुन्न किन भने ३ बर्ष पछिको र अघिको नानीहरु फरक तहमा गइसकेको हुनाले एक पछी अर्कोले चलाउन सक्दछन ।

३.चलाउने सिपको समस्या(सुर्भेमा अभिभावकको इमेल खोजेको नै डिजिटल सिपको क्षमता जान्नको लागि होर “गूगल क्लास” इमेल पठाउन र खोल्न जान्नेले सक्ने र “जूम” भिडियो कल गर्नेले जान्ने भएकोले एकदमै सजिलो छर आफुले जानिदैन भने घर छिमेकमा त कोहि न कोहि जान्ने हुन्छन उ बाट सिकेर होस वा सधै यसबेलामा जोडीदे है नानीबाबु भन्दा उसले पनि सहयोग गरिहाल्छ र भएन भने स्कूलले एक जना त्यहि टोलमा बस्नेलाई वा अन्यलाई पठाउन सक्छ र यता सरकारी स्कूलमा प्रबिधिमैत्री शिक्षक समाजले यस्तो तालिम दिएकै छ भने निजीमा युवा पुस्ता जो प्रबिधि सम्बन्धि केहि न केहि जानकार शिक्षकहरु हुने भएकोले त्यहि स्कूलको कम्प्युटर शिक्षकले २ र ३ दिन तालिम दिने हो भने आफ्नो कक्षाको तयारी आफै गरि सहजै पढाउँन सक्छन र लाइभ पढाउन पूर्व तयारी गरि स्लाईड बनाएर पढाएमा बिषयबस्तु र प्रस्तुतिमा समस्या पक्कै हुन्न ।

४.चकचके बिद्यार्थीको समस्या(पुराना शिक्षकहरुलाइ कुन बिद्यार्थी कस्तो छ भन्ने अघिल्लो कक्षामा नै थाहा भैसकेको हुन्छ र अब उसलाई चोरलाई चाबी दिने भनेजस्तै तिम्रो को को साथीहरु अनलाईन आउछ कसले असाइन्मेन्ट बुझाउछ, बुझाउदैन भनेर रिपोर्ट गर्न लगाउदा उसले अरुको रिपोर्ट गर्न भन्दा पहिला लाजले नै भएपनि आफ्नो पनि गर्ने र अरुको पनि देखभाल गर्न सक्दछर यसरि सर्प पनि मर्ने लाठि पनि नाभाचिने गरि चकचके बिद्यार्थीको ब्यबस्थापन गर्न सकिन्छ ।

५. होमवोर्क चेक गर्ने समस्या (यस्तो बेलामा पढ़ाउदा शिक्षक अलिक रचनात्मक हुनुपर्दछ र होमवोर्क पाठमा मात्र आधारित भन्दा पनि पाठसग सम्बन्धित भएर समुदाय र जिवनमा आधारित दिन सक्यो भने उसको फुर्सदको समय पनि उपयोग गर्न सकिन्छ । सृजनसिल पनि बनाउन सकिन्छ र चेक नै गर्न पर्यो भने लेखेको कापीको फोटो खिचेर साथी वा शिक्षकलाइ पठाउन सक्दछर अझ राम्रो त गूगल क्लासमा गएर बुझाउन सक्यो भने त सुनमा सुगन्ध नै हुन्छ ।

यसरी लकडाउनलाई हाउगुजी बनाएर स्कूल कलेज बन्द भई अभिभावक, विद्यालय, र शिक्षाका सरोकारवालाहरुले टाउको दुखाउनुको सट्टा विना लगानी, सजिलै नयाँ आयाम कोर्न सकिन्छ । परम्पराबादी शिक्षालाई त्यागी कमाउदै पढ्दै गर्ने नयाँ युगको नेपालमा जग बसाल्ने सुअवसर आएको छ यसलाई सरकारले समयमै समात्न सकोस भन्ने कामना पनि छ ।

प्रतिक्रियाहरु

  1. थानेस्वर पोखरेल लेख्नुहुन्छ

    यो संचालन गर्न सके अति राम्रो हुने थियो।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५