AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनमा जेष्ठ नागरिकलाई निः शुल्क औषधी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०७७, शनिबार १७:२३
3
Shares
विराटनगर / विराटनगर– ८ स्थित विराटेश्वर वृद्धाआश्रमा रहेको जेष्ठ नागरिकहरूलाई मोरङका औषधी व्यवसायीहरू निःशुल्क औषधी र सेनिटाइजर वितरण गरेको छ ।

आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई आज दीर्घरोगको औषधी, फिनेल, सेनिटाइजर र साबुन वितरण गरिएको हो ।

आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई एक महिनासम्म पुग्ने दीर्घरोगको औषधी वितरण गरिएको छ । महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड १९) संक्रमणबाट बच्न पाँच मिटर सेनिटाइजर, फिमेल, आठ वटा ग्यास सिलेण्डर वितरण गरिएको छ । आश्रममा रहेका दीर्घरोगीका विरामीहरूलाई औषधी अभाव भएपछि औषधी व्यवसायीले दम, सुगर, पेसरलगायतको औषधी निःशुल्क वितरण गरिएका हो ।

आश्रममा ५२ जना जेष्ठ नागरिक रहेका छन् । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढाकालको पहलमा जेष्ठ नागरिकहरूलाई सहयोग प्रदान गरेको हो ।

औषधी व्यवसायी सुशिल घिमिरे, मनोज पौडेल, जयप्रकाश राय, महेश मण्डल, चन्नु गुप्ता, दिपेन्द्र मण्डल, सन्तोष बुढाथोकी, रामदेव साहलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर