लकडाउनका बेला नमाज पढ्न मस्जिदमा भेला

खबर पूर्वाञ्चल, १२ बैशाख २०७७, शुक्रबार १८:५९
फाइल तस्वीर

विराटनगर / विश्वव्यापी महामारीको जोखिमलाई ध्यानमा राखी विभिन्न मुलुकमा गरिएको लकडाउनलाई मिच्दै मानिसहरु भेला भएका छन् ।

आजबाट सुरुभएको मुश्लिम धर्माबलम्बीहरुको पर्व रमजानको अवसरमा मानिसहरु नमाज पढ्नका लागि मस्जिदमा भेला भएका छन् । इन्डानेसिया, पाकिस्तान, कतार, सउदी अबर, इरान सहित मुश्लिम बाहुल्यता रहेको देशमा आजबाट रमजानका लागि मस्जिदमा मानिसहरु भेला भएर नमाज पढेका छन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै सयौं मानिस रमजानका लागि भेला भएका छन् । पाकिस्तानमा भने रमजानका लागि मस्जिद खुला गर्ने सरकारले नै निर्णय गरेको छ । विश्वभर फैलिएको महामारीबाट जोगिन सामाजीक दूरी कायम राख्न भन्दै विश्व स्वास्थ्य संगठन सहित विभिन्न वैज्ञानिकहरुले भनेपनि मानिसहरुले त्यसको अवज्ञा गरेका छन् । ती देशमा झन् बढी कोरोनाको जोखिम बढ्न सक्ने भएकाले संगठनले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५