प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल

अर्को राहत प्याकेज ल्याउन देउवाको सुझाव
खबर पूर्वाञ्चल, १२ बैशाख २०७७, शुक्रबार १८:५१

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल भएको छ ।

सरकारले विवादास्पद अध्यादेश खारेज गरेकै दिन तीन नेताबीचमा छलफल भएको हो । सुरुमा प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले एक्लाएक्लै एक घण्टा भेटवार्ता गरेका थिए । ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी भएका थिए । एक घण्टा द्विपक्षीय छलफल भएपछि अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए ।

प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवादसमेत दिएको कांग्रेसले जनाएको छ । कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुरा नल्याउन देउवाले ओलीलाई सुझाव दिएका थिए ।

पसभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि भनेका थिए । समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो ।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथाशीघ्र र्पुयाउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, श्रमिकलाई कि खान दिन, कि गाउँ जान दिन पनि देउवाले भनेको कांग्रेसले जनाएको छ ।

सभापति देउवाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेकाहरुलाई सरकारले घोषणा गरेको राहत अधुरो भएको र लक्षित वर्गसम्म नपुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । उनले अर्को राहत प्याकेज ल्याउन पनि ओलीलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५