RUMPUM
animated ellipse animated ellipse

विवादमा परेपछि अध्यादेश फिर्ता लिने सरकारको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७७, शुक्रबार १२:४७
3
Shares
फाइल तस्वीर
काठमाण्डौ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने संबैधानिक व्यवस्था अनुसार सरकारले फिर्ता लिने निर्णय गरेको हो । कोरोना भइरस विरुद्धको लडाईमा सिंगो मुलुकलाई एकीकृत गरी परिचालन गर्नुपर्नेमा सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएका थिए ।

संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधानः छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर