विराटनगर / उदयपुरमा एकै दिन थप १० जना कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
आज उदयपुरमा एकैदिन १० जना नयाँ संक्रमित थपिएसँगै उदयपुरमा २३ पुगेको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा ८ जना र काठमाडौंमा परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमति सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थीत नुरी मस्जिद आसपासका बासिन्दा हुन ।
शुक्रबार सोही मस्जिदमा बस्दै आएका १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने शनिबार थप एकजनामा कोरोना संक्रमण देखिएको थियो । नुरी मस्जिद पुगेको १६ जनाको जमाती मध्ये १३ जना कोरोना संक्रमितको विराटनगरको कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले आज काठमाडौंमा परीक्षण गर्दा २ जनामा र धरानमा परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
तपाईको प्रतिक्रिया