भोजपुर / भोजपुरमा एक युवकमा कोरोना भाइरसको आशंका गरिएको छ ।
हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा कोरोना देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए ।
होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भोलि विहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया