पूर्वाञ्चल खबर
तेह्रथुम, पाँचथर र झापा जिल्लामा आज दिउँसो ३ जनाको मृत अवस्थामा शव फेला परेका हो । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ दारे गौडा नजिकै संखुवासभा घर बताउने अन्दाजी ४२ बर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । बिगत २० बर्ष देखि चिल्ड्रेन पार्कको टहरामा बसी लेबर काम गर्दै आएका उनी आज दिउँसो पौने ३ बजे मृत अवस्थामा पेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ का ४४ बर्षीय वलीबहादुर आङदेम्बे सावाखोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । बैशाख ६ गते घरबाट आफुखूशी निस्किएका आङदेम्बे आज दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै झापाको मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय चित्रबहादुर गौली पनि बाँसघारीमा मृत फेला परेका छन् । आज दिउँसो साँढे ३ बजेको समयमा गौली उक्त स्थानमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।