पूर्वाञ्चल खबर
प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी राहत प्याकेजको घोषणा गरेको हो । पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको भन्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना बनाएको छ ।
स्थानीय तहले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको सूचीको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने निर्णय प्रदेश सरकारले गरेको छ ।
बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गर्ने निर्णय पनि गरेको छ ।