लकडाउनमा खटिएका प्रहरीको मृत्यु

खबर पूर्वाञ्चल, ७ बैशाख २०७७, आईतवार १९:३७

सोलुखुम्बु / सोलुखुम्बुमा बन्दाबन्दीको समयमा खटिएका एक प्रहरीको डिउटी बसेकै बेला मृत्यु भएको छ ।

कोरोनाको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वन गर्न डिउटीमा बसेका अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवलदार शिवप्रसाद भट्टराईको आज बिहान मृत्यु भएको हो । गएराति हवलदार भट्टराईको अत्याधिक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । अस्पताल पु¥याएपछि बेहोस भएका हवलदार भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिए ।

भोजपुर स्थायी घर भई हाल सुनसरीमा बस्दै आएका भट्टराईका श्रीमती दुई छोरा र एक छोरी छन् । अहिले भट्टराईको शवलाई घर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५