कटहरीको तरकारी उठ्ने

खबर पूर्वाञ्चल, ६ बैशाख २०७७, शनिबार २०:०८

विराटनगर / मोरङको कटहरीमा उत्पादित तरकारी खेर गईरहेको प्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।

किसानहरुले उत्पादित तरकारी वजारमा लैजान नपाउँदा बारिमै कुहिन थालेको गुनासो गरेपछि प्रदेश सरकारको समन्वयमा किसानको तरकारी उठ्ने भएको हो । कटहरीको तरकारी उत्पादक कृषि सहकारी संस्थाले किसानबाट तरकारी संकलन गर्ने भएको छ । यसको तयारीका लागि किसानसँग छलफल भईरहेको सहकारी संस्थाका अध्यक्ष धर्मलाल सिंहले बताए ।

प्रदेश १ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अग्रसरतामा आज भएको बैठकले कटहरीको तरकारी तत्काल उठाउने निर्णय गरेको हो । सामाजिक विकास मन्त्री घिमिरे, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम राना, सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले तत्काल तरकारी उठाउने निर्णय गरेको हो ।

कृषकबाट तरकारी सहकारी संस्थाले संकलन गरि कटहरीको तरकारी तथा फलफूल वजारमा जम्मा गरिने भएको छ । तरकारी बजारबाट उपभोक्ता समक्ष लैजाने निर्णय भएको तरकारी उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष सिंहले बताए । उनका अनुसार कृषकको बारीमा अहिले एक हजार ट्रक गोलभेडा, काउली, बन्दा, भिन्डी, करेला बोडी रहेको छ । अध्यक्ष सिंहले भने,‘ धेरै गोलभेडा बारीमै कुहेर गइसक्यो ।’ तरकारी भोलीदेखि संकलन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५