विराटनगर / सेन्चुरी बैंक प्रदेश १ शाखाले प्रदेश सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि ५ लाख रुपैयाँ दिएको छ ।
सेन्चुरी बैंक प्रदेश १ का प्रमुख दिपककुमार पौडेलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आज ५ लाखको चेक हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै सेन्चुरी बैंक प्रदेश १ का प्रमुख पौडेलले मुलुकमा कोरोनाको महाविपतीको वर्तमान समयमा अप्ठ्यारोमा परेका हुनाले हामीले प्रदेश सरकारको कोभिड–१९ को रोकथाम र राहत कोषमा सो रकम दिएर सानो सहयोग गरेको बताए ।
तपाईको प्रतिक्रिया