AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरले थाल्यो वडा वडामा कोरोना परिक्षण अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०७७, शुक्रबार १९:३५
3
Shares
विराटनगर / विराटनगर महानगरले नगरका वडाहरुमा कोरोनाको परिक्षण शुरु गरेको छ ।

महानगरको स्वास्थ्य टोलीको निगरानीमा रहेकाहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परिक्षण गरिएको हो । होम क्वारेनटाइनमा रहेका र बिदेशवाट आएका २७ जनाको आज परिक्षण गरिएको छ । विराटनगरका वडा नं १ र ३ मा रहेकाहरुको पहिलो चरणमा परिक्षण गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगरका १९ वटै वडाहरुमा केही दिनभित्रै परिक्षण सक्नेगरी काम भइरहेको मेयर पराजुलीले जानकारी दिए । अहिलेसम्म महानगर सुरक्षित रहेपनि सिमाक्षेत्रवाट हुने समस्या समाधानका लागि अधितम प्रयास भइरहेको मेयर पराजुलीको भनाइ छ ।

परिक्षण पछि नेगेटिभ आएकाहरुलाई घर फर्काइने छ भने पोजेटिभ या संकास्पद भएकाहरुलाई आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने कुरा हुने विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । यस अघि महानगरको निगरानीमा क्वारेन्टाइन बसिरहेकाहरु घर फर्किसकेका छन् । काठमाण्डौका १ जना र जनकपुर २ जनालाई महानगरले पठाएको छ । यस्तै आजै विराटनगरको बैझनाथपुरमा रहेको क्वारेन्टाइनमा ५ जना कोरोना आशंका गरिएका मानिसहरु राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर