चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि जैन भवनमा आवासको प्रवन्ध

खबर पूर्वाञ्चल, ५ बैशाख २०७७, शुक्रबार १९:२६

विराटनगर / कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि जैन भवनमा आवासको व्यवस्था गरिएको छ ।

विराटनगर ७ को जैन श्वेताम्वर तेरापन्थी सभाका अध्यक्ष जितेन्द्र गोल्छाले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १९ वटा कोठा उपलब्ध गराएका हुन् । तेरापन्थी सभाले कोभिड १९ को उपचारमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीका लागि नि ः शुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेपछि आज सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पतालकी मेडीकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको टोलीले स्थलगत रुपमा भवनका कोठाहरु निरीक्षण गरेका छन् ।

स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि कोठाहरु उपयुक्त भएको मेसु डा. मिश्राले बताइन् । १९ वटा कोठामा १÷१ जना राखिने उनले बताइन् । मन्त्री घिमिरेले जैन भवनका कोठाहरु उपलब्ध गराएकोमा तेरापन्थी सभाप्रति हार्दिक आभार व्यक्त गरे । उनले आवास गृहमा खटिने जैन भवनका कर्मचारीको सुरक्षासँगै प्रोत्साहन गर्ने समेत बताए ।

तेरापन्थी सभाका अध्यक्ष जितेन्द्र गोल्छाले आजैदेखि जैन भवनका कोठा कोभिड १९ उपचार केन्द्रमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोनाको उपचार समाप्त नहुन्जेल सम्मका लागि उपलब्ध गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५