पूर्वाञ्चल खबर
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणमा एक महिलामा पनि कोरोना भाइरसको एण्टीबडी पोजेटिभ देखिएको छ ।
भारतको बैङ्लोरबाट चैत १० गते नेपाल फर्किएकी २७ वर्षिय युवतीको बुढीगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणमा उनको एन्टीबडी पोजेटिभ देखिएको हो । थप परिक्षणको लागि उनको स्वाब कोशी अञ्चल अस्पताल पठाइने छ । उनी अध्ययनको लागि बैंगलोरमा बस्दै आएको बताइएको छ । ब्याच्लर तहमा अध्ययन गर्ने उनी कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन उनी घर फर्किएको स्थानीयले जानकारी दिएका छन् । उनीसँगै आएकी अर्की युवतिको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसैबीच हिजो (बुधबार) झापा हल्दिबारीका ३९ वर्षीय युवामा पनि आरडिटीमा एन्टीबडी पोजेटिभ देखिएकोमा विराटनगरको कोशी प्रादेशिक अस्पतालमा आज पिसीआर टेस्ट गर्दा कोरोना भाइरस नभएको रिपोर्ट आएको छ ।