कोभिड–१९ को उच्च जोखिम वीच गुद्री बजार सञ्चालनमा

खबर पूर्वाञ्चल, ४ बैशाख २०७७, बिहीबार २०:३९

विराटनगर / नव संरचनामा विराटनगर–११ जनपथ टोलमा सञ्चालित तरकारीको थोक तथा खुद्रा ‘गुद्री बजार’ सामाजिक दुरी कायम गरी सञ्चालन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले गुद्री बजार व्यवस्थापनलाई कोभिड–१९ को जोखिम उच्च देखिएको भन्दै तीन दिन अगाडि बन्द गर्ने निर्देशन दिएको थियो ।

मोरङलगायत सुनसरी जिल्लाका नागरिकहरुलाई आलु प्याजलगायत हरियो तरकारी सहज आपूर्ति गर्दै आएको चैतको तेश्रो हप्तादेखि सञ्चालनमा आएको गुद्री बजारमा थोक तथा खुद्रा उपभोक्ताको अत्याधिक भीडका कारण कोभिड–१९ सङ्कमण फैलिने सम्भावना रहेको छ ।

गुद्री बजारमा विहान ३ बजेदेखि नै विभिन्न क्षेत्रका तरकारीका व्यापारीहरुको चहल पहल, भीड, टेम्पो, आटो रिक्सा, मोटरसाइकलको आवतजावतले सो क्षेत्रका वासिन्दा कोभिड–१९ को सङ्क्रमण फैलिने आसङ्काले त्रिसित देखिन्छन् ।

सूचनाको हक अभियन्ता निर्मल तामाङले विभिन्न क्षेत्रबाट आउने व्यापारी तथा उपभोक्ताहरुको अत्याधिक भीडले लकडाउनको ठाडै उल्लङ्घन भएको छ भन्दै स्थानीय प्रशासनले कोभिड–१९ को जोखिम रहनुजेल बजार बन्द गर्नुपर्ने बताए ।

गुद्री व्यवस्थापनका सचिव साहव अहमद गुड्डुले स्थानीय प्रशासनको आदेश पालना गर्दै स्वयंसेवकका साथ सावुनपानी हात धुने व्यवस्था, जनचेतना जागृत गराउन माइकिङ गरी बजार सञ्चालनमा ल्याउने कार्य भइरहेको बताए । उनले सुनसरीको देवानगञ्ज, हरिनगरा लगायतका तरकारीका व्यापारीका कारण समस्या उत्पन्न भएकोले उनीहरुलाई निषेध गरिएको र सामाजिक दुरी कायम गर्दै व्यवस्थित रुपमा स्थानीय वासिन्दाको सुझावमा एवं सहकार्यमा बिक्री वितरण गर्ने जानकारी दिए ।

यसैवीच स्थानीयवासीहरुले गुद्रीको कारण यस क्षेत्रमा कोभिड–१९ को जोखिम उच्च भएको भन्दै वाटोमा ढाँट लगाई एउटा क्षेत्रमा आवत जावत बन्द गराएका छन् ।

विरानगर –११ वडा सदस्य विमल पोखरेलले कोरोना भाइरसको जोखिम न्यूनिकरण गरी खुद्रा बिक्री वितरण बन्द गर्न बजार व्यवस्थापन लाग्नु पर्ने धारणा व्यक्त गरे ।

समाजसेवी राजेशसिंह डंगोलले गुद्री बजारमा आलु र प्याजको मात्र थोक विक्री गर्नु बताए । गुद्री बजारमा विरानगरका नगर क्षेत्र लगायत कटहरी, सिसवनी जहदा, सुनसरीको देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, धरान, धनकुटा,हिले तथा भारतको सीमावर्ती क्षेत्र लगायतवाट आलु, प्याज, फलफूल लगायतका हरियो तरकारी आउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५