आपूर्ति ब्यवस्थापन समिति निष्क्रिय

खबर पूर्वाञ्चल, ४ बैशाख २०७७, बिहीबार २०:२६

विराटनगर / प्रदेश एक सरकारद्धारा कोरोना भाइरस कोभिड १९ परिचय तथा रोकथामका लागि गठित दैनिक उपभोग्य बस्तु आपूर्ति ब्यवस्थापन समिति निष्क्रिय रहेको उद्योगीहरुले गुनासो गरेकाछन् ।

गत चैत्र १५ गते प्रदेश सरकारले उद्योग मन्त्री जगदीश कुसियैतको संयोजकत्वमा गठित समितिले सोही समयमा ९ वटा विभिन्न निर्णय गरेको थियो। तर त्यसयता समितिको बैठक बस्न सकेको छैन । समिति सदस्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार समिति बनेपनि आवश्यक समन्वय हुन सकेको छैन । समितिको बैठक एकपटक बसेको बताएका अध्यक्ष घिमिरेले त्यसपछि के कस्तो काम भएको छ, छैन जानकारीमा आउन नसकेको प्रस्टाए। उनले भने, समितिको बैठकका लागि वा कामका लागि सम्बन्धित क्षेत्रबाट कुनै पहल हुन सकेको छैन ।

उनीसंगै समितिका अर्का सदस्य संस्था विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले नामको लागि समिति गठन गरेको जस्तो भएको बताए । समिति गठन भएपछि एक दुइपटक बैठक बसेको बताएका अध्यक्ष थापाले भने लकडाउनमा खाद्य सहजताका लागि उपलब्ध गराउनका लागि तयार रहेका थियौं । तर समितितर्फबाट अहिलेसम्म के गर्ने भन्ने विषयमा तदारुकता आउन सकेको छैन । मोरङका तीन उद्योग संगठनले सुरक्षित रुपमा खाद्यन्न उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको जानकारी समितिलाई गराएको बताएका अध्यक्ष थापाले त्यसपछि समितिले के गर्यो जानकारीमा नआएको बताए । अध्यक्ष थापाका अनुसार समितिले अन्तर जिल्ला र सम्बन्धित जिल्लामा दैनिक उपभोग्य बस्तु तथा सेवाहरु आपूर्ति ब्यवस्था सहज बनाउन आवश्यक गर्ने निर्णय भएको थियो । यसविषयमा उद्योगीहरुसंग समन्वय हुन नसकेको उनीहरुले बताएका छन् ।

दैनिक उपभोग्य बस्तुहरुको ढुवानीका लागि उद्योग, वाणिज्य ब्यवसायी, यातायात ब्यवासायी लगायतलाई समन्वय गरि नियमित गराउने निर्णय भएपनि तीनै तहका उद्योगी संस्थालाई कुनै जानकारी नआएको बताइएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकले भने सहजीकरण भइरहेको जनाएको छ । महासंघका उपाध्यक्ष राजेन्द्र राउतले समितिको बैठक भन्दापनि सहकार्य महत्वपूर्ण हुने बताँउछन् ।
तथापी, उद्योग मन्त्रालयका अनुसार बैठक नबसेपनि आवश्यक कार्य निरन्तर भइरहेको छ । मन्त्रालयका शाखा अधिकृत राकेश निरौलाका अनुसार हाल समिति राहत संकलन र स्थानीयतहतर्फ ढुवानी गर्न लागेको जानकारी दिए । यसबीच तीनवटा संस्थाले राहत सामाग्री उपलब्ध गराएको बताएका निरौलाले खाद्यान्न भन्दापनि जिल्लातहबाट औषधीतर्फ इन्सुलिनको माग बढेको जानकारी दिए । हाल समितिलाई एनआइसि एशिया बैंक विराटनगर शाखाले खाद्यान्नको २ सय ५० वटा पोका उपलब्ध गराएको छ । जसमा २५ केजी चामल २५० बोरा, दाल २ केजी, चना २ केजी लगायत गरि राहत संकलन भएको समितिले जनाएको छ। त्यसैगरि, नेपाल उद्योग परिसंघबाट १ हजार पोका खाद्यान्न सामाग्री उपलब्ध भएको छ ।

शाखा अधिकृत निरौलाका अनुसार, राहत उपलब्ध गराउने क्रममा विर्तामोडको साहारा नेपाल साकोशले २५ केजीको एकसय बोरा चामल, २५ केजीको दुई बोरा दाल लगायत खाद्यान्न सामाग्री कोशी अन्र्तगत कोभिड उपचार केन्द्रलाई उपलब्ध गराएको छ ।

समितिमा विराटनगर महानगरपालिका, सुरक्षा निकाय, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एक, उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ, विराट ब्यापार संघ, उपभोक्ता मञ्चलगायतका संस्थाको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५