सहारा नेपालद्धारा माहानगरपालिकालाई सहयोग

खबर पूर्वाञ्चल, ३ बैशाख २०७७, बुधबार १९:५०

विराटनगर / कोरोना भाइरस संक्रमणको यस विपतको घढीमा स्थानीय तह, विपत व्यस्थापन समन्वय समितिहरुको सहकार्यमा र बिपन्न परिवारका लागि खाद्यान्नका लागि सहयोग होस भनेर सहकारीले बिराटनगर महानगरपालिकालाई नगद १ लाख ११ हजार सहयोग गरेको छ ।
महानगरपालिकाका मेयर भीम पराजुली र उप मेयर ईन्दीरा कार्कीलाई सो रकम बाराबरको चेक सहारा नेपाल साकोसका ईलाका प्रमुखद्धय ओमप्रकाश साह, यादवकुमार बस्नेत, विराटनगर शाखा प्रमुख रमेश पौडेल र पुष्पलालचोक शाखा प्रमुख सुजीत साहले हस्तान्तरण गरे ।

मेयर पराजुलीले कोभिड—१९ संग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकोमा जोड दिदै सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरे ।

कोरोना महामारीसगं जुधिरहेको सरकारलाई साथ दिनको लागी सहकारीले सामाजीक उत्तरदायित्व अन्तरर्गत ५० लाख रुपैयाँको सहकार्य साथै राहत प्याकेज घोषणा गरेको सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

यस अधि सहारा कर्मचारी मानवीय सहायता कोष बाट बिराटनगरमा भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मीका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५