आम नागरीकलाई घर भित्रै बस्न प्रहरीको आग्रह

खबर पूर्वाञ्चल, १ बैशाख २०७७, सोमबार २१:३३

विराटनगर / विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखिसकेको सर्व बिदितै छ ।

कोरोना भाईरसको संक्रमण भएको पत्तो लागेसंगै नेपाल सरकारले चैत्र ११ गते देखि चरण बद्ध रुपमा लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट जोगिनसबै जनालाई आआफ्नो घर भित्रै बसेर लकडाउनको उल्लघंन नगरिदिनु हुन प्रदेश १ प्रहर िकार्यलय विराटनगरले अनुरोध गरिएको छ । हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन र स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउँ घर छिमेकमा कोही विदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरीकहरुमा हार्दिक अनुरोध गर्दछ नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा लकडाउनको उल्लघंन गरी सवारी साधन चलाउने ३८४५ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी १९०५ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । साथै लकडाउनलाई थप कडाई गरिएको हुँदा अत्यावश्यक काम बाहेक र सवारी पास नलिएका महानुभावहरुलाई घर भित्रै बसी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गरिदिनु हुन आम नागरीकहरुमा हार्दिक अनुरोध गरिएको छ ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई उलंघन गरी आफुखुशी आवत जावत गरेको पाईएमा कानून बमोजिम कारवाही समेत हुने सबैमा जानकारी गरिन्छ । कोरोना भाईरसको संक्रमण रोक्न कुनै एक व्यक्ति वा परिवारको प्रयासबाट मात्र सम्भव हुदैन । सम्पुर्ण नागरिक एकजुट भएर आ(आफ्नो जिम्मेवारी निर्वाह गरौं । साथै त्रासमा नबसौ, सावधानी अपनाऔँ ।

हाम्रो आफ्नै सानो लापरवाहीले आफु लगायत घर परिवारका सदस्य साथ साथै छरछिमेक हुदै सम्पुर्ण मानव जातिनै जोखिममा पर्ने भएको हुँदा यस महामारीलाई फैलनबाट रोक्न घरमै सुरक्षित बसि दिन हुन सम्पुर्ण महानुभवहरुलाई प्रदेश प्रहरी कार्यालयले विनम्र अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५